१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

कृषि आधुनिकीकरण गर्न जोनको यन्त्र उपकरण अनुदान

जोन कार्यक्रमको अनुगमनमा खटेको टोली किसानसँग अन्तर्क्रिया गर्दै। तस्बिर: महेश्वर

प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ (जोन)ले खोटाङ र उदयपुरलाई समेटेर विभिन्न कृषि गतिविधि गर्दै आएको छ। जोनले किसानको आयआर्जनमा वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने गरी चक्लाबन्दीमा आधारित खेतीमार्फत उत्पादन बृध्दि गर्न सहयोग गर्न चैते धान प्रवर्द्धन र सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार (पुँजीगत) अनुदान सहयोग गरेको जनाएको छ।

एकाइका प्राविधिक उत्तम पोखरेलका अनुसार परियोजना कार्यान्वयन एकाइमार्फत चालु वर्ष सुन्तला जोनतर्फ ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण गर्न मिनिटिलर ५ एचपी पावरको ४ थान, ७ एचपीको ३ थान, ९ एचपीको ३,, डिजिटल तौल मेसिन सय किलोका ३ थान, चार्जेबल स्प्रेयर ७, ब्रसकटर ३ र सिकेचर ५ थान प्रदान गरिएको छ। त्यसैगरी अदुवा/बेसार जोनमा कृषि यान्त्रीकरण गर्न ४ चक्के मिनिटिलर २ थान, ९ एचपीको १ थान, ७ एचपीको ५,, पावर ट्रिलर १, च्यापकटर १ थान र तौल मेसिन १ थान पनि प्रदान गरिएको छ।

बहुबाली जोनतर्फ पावरट्रिलर २ थान, ट्रयाक्टरमा लाग्ने रिपर १, रोडाभेटर १, ४ चक्के मिनिटिलर १, मिनिटिलर ७ एचपी ७, मकै गोड्ने मेसिन ४, मकै रोप्ने मेसिन ६, मकै छोडाउने ३, डिजिटल तराजु ५ र चार्जेवल स्प्रेयर ८ थान किसानले पाएका छन्। सिँचाइ पूर्वाधार निर्माण र मर्मत सम्भारतर्फ कुलो मर्मत ३ वटा, नयाँ बोरिङ जडान ४३ र सिँचाइ मोटर ७२ वटा तथा डेलिभरी पाईप २ हजार ३ सय ८० केजी वितरण गरिएको छ।

प्राविधिक पोखरेलका अनुसार एकाइले बाख्रा जोनमा सिँचाइ संरचनाअन्तर्गत सिमेन्ट पोखरी ४ वटा बनाएको छ भने पाइप सिँचाइ १३ वटा निर्माण गरिदिएको छ। आधुनिक खोर ५० वटा, बाख्रा पालन उपयोगी कृषि यान्त्रीकरणका लागि मिनिटिलर ९ एचपीका २ वटा, ७ एचपीका १७, कम्वाइन मिल ४८, ब्रसकटर २, च्यापकटर १०, बडिजो क्यास्ट्रेटर ८, पशु जोख्ने तराजु ११ वटा र डिजिटल काँटा १० थान वितरण गरेको छ।

पशु नश्ल सुधारतर्फ बोयर बोका २७ वटा, बोयर पाठी १८, जमुना पारी बोका १८, जमुना पारी पाठी ८०, सिरोही बोका एउटा र बाह्य परजिवी नियन्त्रण गर्ने डिपिङ ट्याङ्की निर्माण गर्न पनि अनुदान उपलब्ध गराइएको छ।

उदयपुरमा करिब २ सय ७६ हेक्टरमा सञ्चालित चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको छ। जसका लागि सिँचाइ संरचना अन्तर्गत ६ वटा कुलो, ५ वटा ईनार र एउटा बोरिङ खन्न एकाइले अनुदान दिएको छ। चैते धानकै लागि यान्त्रीकरण गर्न पावरटिलर २ थान, थ्रेसर २, मिनी थ्रेसर ३, रिपर २, मिनिटिलर ५ एचपी एउटा, ७ एचपी १३, स्प्रेयर १० थान अनुदान दिइएको पोखरेलले बताएका छन्।

एकाइले किसानलाई बीउ तथा विषादी, धान झार्न र सुकाउन त्रिपालसमेतमा अनुदानमा उपलब्ध गराइएको छ। त्यसैगरी १ सय १६ हेक्टर क्षेत्रफल जमिनमा विभिन्न बालीको चक्लाबन्दी कार्यक्रमसमेत संचालन गरिएको छ। ३६ हेक्टरमा बेसार चक्लाबन्दी ५ वटा सञ्चालनमा ल्याइएको छ भने मकैको चक्लाबन्दी ६ वटा ५७ हेक्टरमा गरिउको छ। त्यस्तै अकबरे खुर्सानी चक्लाबन्दी २ वटा १४ हेक्टरमा तथा आलु चक्लाबन्दी एउटा १० हेक्टरमा सञ्चालन गरिएको छ।

चक्लाबन्दी कार्यक्रम अन्तर्गत सिँचाइतर्फ मोटर २८ वटा, बोरिङ २२, पाईप सिँचाइ १ तथा डेलिभरी पाइप १ हजार ८ सय किलो अनुदानमा उपलब्ध गराइएको एकाइ कार्यालयले जनाएको छ। एकाइले मेसिनरीमा थ्रेसर २ वटा, रोटाभेटर २, तावा ह्यारो २, पोटाटो डिगर १, मिनिटिलर ७ एचपी २० वटा, मकै रोप्ने मेसिन ६, मकै गोड्ने २, मकै छोडाउने २, स्प्रेयर ५० र डिजिटल काँटा ११ वटा वितरणमा सहयोग गरिएको छ।

एकाइ प्रमुख दीपेन्द्रमनोहर चौधरीले व्यावसायिक कृषि पेसामा लाग्ने किसानको उत्पादन प्रक्रियासँग सम्बन्धित विषयमा सुधार ल्याउन जोन स्थापनादेखि क्रियाशील रहँदै आएको बताए। न्यून लागतमा बढी उत्पादन गरेर बजारमा कृषकको पहुँच वृद्धि तथा विस्तार गर्दै मुनाफा बढाएर आयात प्रतिस्थापन गर्न एकाइको उद्देश्य अनुसार गतिविधि गर्दै आएको चौधरीको भनाइ छ।

प्रकाशित: १९ असार २०८२ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App