१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा हरियो मटर र भुजिया उत्पादन गर्ने उद्योगमा सिलबन्दी

संयुक्त बजार अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालन भइरहेको ताप्लेजुङको फुङलिङस्थित भुजिया तथा हरियो मटर उत्पादन गर्ने एक उद्योगमा सिलबन्दी गरेको छ।

फुङलिङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त बजार अनुगमनका क्रममा मादण्ड विपरीत सञ्चालन भइरहेको पाथीभरा पाउरोटी उद्योगमा सिलबन्दी गरेको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिइन्।

उपभोग्य मिति र उत्पादन मिति समेत नभएको तथा लेवलिङ नगरिएका खाद्य वस्तु उत्पादन भइरहेको तथा उद्योग व्यवसायको न्यूनतम् मापदण्ड समेत पूरा नगरेको देखिएकोले सिलबन्दी गरिएको सहायक प्रजिअ खड्काको भनाइ  छ। अनुगमन टोलीले ताप्लेजुङका विभिन्न पालिका क्षेत्रमा रहेका बजार पसल अनुगमनका क्रममा उक्त उद्योगले उत्पादन गरेका सामग्री छ्याप्छ्याप्ती फेला परेका थिए।

उत्पादन र उपभोग्य मिति समेत नभएको तथा गुणस्तरमा समेत कमसलपना देखिएको गुनासो उपभोक्ता स्वयंले गर्न थालेपछि बजार अनुगमन टोलीले उक्त उद्योगको अनुगमन गरेको थियो। अनुगमनका क्रममा उक्त उद्योगमार्फत न्यूनतम् व्यावसायिक मापदण्ड पालना भएको नदेखिएपछि उद्योगमा सिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ। 

प्रकाशित: ३० जेष्ठ २०८२ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App