यो वर्ष सरकारले करिब साढे ४४ अर्ब विदेशी लगानी स्वीकृत गरेको छ।
विदेशी लगानीकर्ताले लगानी बोर्ड र उद्योग विभागमार्फत लगानी स्वीकृत गर्छन् । आर्थिक सर्वेक्षण अनुसार चालु आवको आठ महिनामा ४४ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको हो । गत वर्षको तुलनामा विदेशी लगानी करिब १४ अर्ब रुपैयाँले बढेको छ ।
गत आवको सोही अवधिमा २९ अर्ब १३ करोड विदेशी लगानी स्वीकृत भएको थियो। यो वर्ष मात्र नभएर विगतदेखि अहिलेसम्म कुल ४७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । जसमध्ये उद्योग विभागबाट ३२ खर्ब ४८ अर्ब र लगानी बोर्डबाट १५ खर्ब १८ अर्ब लगानी स्वीकृत भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रकाशित: १५ जेष्ठ २०८२ १५:१९ बिहीबार





