आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। सङ्घीय संसद्को संयुक्त बैठकमाझ अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दैछन्।
संयुक्त बैठक अहिले ३ बजेलाई डाँकिएको छ। यसैबीच ‘बजेट ब्याग’सहित अर्थमन्त्री पौडेल देखिएका छन्। अर्थ मन्त्रालयबाट निस्कँदा पौडेल सेतो बजेट ब्यागसहित देखिएका हुन्।
उक्त झोला नेपालमै बनेको अल्लोको झोला रहेको सचिवालयले जनाएको छ।
प्रकाशित: १५ जेष्ठ २०८२ १४:४९ बिहीबार

