१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुन २ लाख नजिक, आज कतिले बढ्यो?

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

आज तोलाको १ लाख ९२ हजार २०० कायम भएको छ। बुधबार एक तोला सुनको मूल्य १ लाख  ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदी एक तोलाको १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको  थियो।

प्रकाशित: २५ वैशाख २०८२ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App