जुम्लाको तातोपानी गाउँपालिकाले सोमबारदेखि गर्न लागेको सांस्कृतिक महोत्सव स्थगित गरिएको छ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले केही प्राविधिक कारणले महोत्सव हुन नसकेको बताए। उनले भने, केही प्राविधिक कारणले महोत्सव हुन सकेन। अब,एक हप्ता भित्र छिट्टै टुंगो लगाउँछौँ।
नेपाल चलचित्र बोर्डको समन्वय, कर्णाली उत्थानशील अभियान नेपालको सहजीकरण र तातोपानी गाउँपालिकाको आयोजनामा महोत्सव आयोजना गरिएको थियो। हुन लागेको हो । वैशाख २२ गतेदेखि महोत्सव हुँदै थियो।
प्रकाशित: २१ वैशाख २०८२ १२:२२ आइतबार





