१४ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ।  

युरोपियन युरो एकको खरिद दर १५६ रुपैयाँ ४६ पैसा र बिक्री दर १५७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८१ रुपैयाँ २७ पैसा र बिक्री दर १८२ रुपैयाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६७ रुपैयाँ ६९ पैसा र बिक्री दर १६८ रुपैयाँ ४२ पैसा तोकिएको छ।  

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८७ पैसा र बिक्री दर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १५ पैसा र बिक्री दर ९९ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ४२ पैसा र बिक्री दर १०४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। 

यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६० पैसा र बिक्री दर ९ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७९ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ६८ पैसा र बिक्री दर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ।  

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ११ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ।  

यस्तै, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ २२ पैसा र बिक्री दर १४ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ९५ पैसा र बिक्री दर २१ रुपैयाँ ०४ पैसा तोकिएको छ।  

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ७१ पैसा र बिक्री दर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिद दर ४४७ रुपैयाँ ९३ पैसा र बिक्री दर ४४९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६६ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।  

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ। रासस 

प्रकाशित: २ वैशाख २०८२ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App