१३ पुस २०८२ आइतबार
image/svg+xml
अर्थ

एकै दिन ५ हजार ७ सयले बढ्यो सुन, बन्यो नयाँ रेकर्ड

आज (बिहीबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिन तोलामा २ हजार बढेको सुन बिहीबार एकै दिन ५ हजार ७ सय रुपैयाँ बढको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ।

सुनको यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो।

त्यस्तै चाँदीको मूल्य पनि ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँ रहेकोमा चाँदीको मूल्य आज बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ।

प्रकाशित: २८ चैत्र २०८१ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App