नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कायममुकायमको जिम्मेवारी दिएको हो। समितिले ढुंगानाको राजीनामा स्वीकृत गरेको छ।
मंगलबार बसेको सञ्चालक समिति बैठकले अर्को व्यवस्था नहुँदासम्म ज्ञवालीलाई कामुको जिम्मेवारी दिएको हो। २०७७ साउनबाट नबिल बैंक प्रवेश गरेका ज्ञवाली वरिष्ठ प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। ज्ञवाली नबिल बैंकमा महाप्रबन्धकको जिम्मेवारीमा प्रवेश गरेका थिए। चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीसँग करिब साढे दुई दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ।
प्रकाशित: १४ चैत्र २०८१ १०:०२ बिहीबार