१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

ओरालो लाग्यो नेप्से, खुम्चियो कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.८४ अंकले घट्दै २६६९ विन्दुमा झरेको हो।

बजार परिसूचकसँगै कारोबार रकम समेत घटेको छ। अघिल्लो दिन ५ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँमा खुम्चिएको छ।

दिनभरको कारोबारमा २५ प्रतिशत कम्पनीका सेयर मूल्य बढे भने धेरै कम्पनीका सेयरमा गिरावट आयो। कारोबार भएका २४४ कम्पनीमध्ये ६२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७५ कम्पनीको सेयर घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रह्यो।

खासगरी व्यापार समूह मात्र हरियो रह्यो। व्यापार समूह ०.२६ प्रतिशतले बढ्दा बाँकी सबै उपसमूह रातो रंगमै देखिए।

फाइनान्स समूह सबैभन्दा धेरै १.२६ प्रतिशतले घट्यो। त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ र अन्य समूह ०.५९ प्रतिशतले घटेका छन्।

उता, दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ७.५ प्रतिशतले बढ्यो। त्यस्तै एसियन हाइड्रोपावर ५.४, सिन्धु विकास बैंक ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स ४.४ र स्वेतगंगा हाइड्रोपावर ४.२ प्रतिशतले उकालो लागे।

मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य भने १० प्रतिशतले घट्दै पर्सेन्ट लसमा पुगे।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा शीर्ष स्थानमा रह्यो। त्यस्तै हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे।

प्रकाशित: ७ चैत्र २०८१ १६:४० बिहीबार