१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २३:३४ अपराह्न
अर्थ

नेपालमै रोजगारीको प्रसस्त सम्भावना : लक्ष्मण न्यौपाने

सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले नेपालमै रोजगारीको प्रसस्त सम्भावना रहेको बताएका छन। सिद्धार्थ ग्रुपले 'पढाइ र गराई' सँगसँगै बढाउँने नीति अगाडि सारेको उनले प्रष्ट पारे। 

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आयोजनामा 'म नागरिक, म बनाउँछु नेपाल' कार्यक्रममा उनले भने, 'नेपालमा अवसर छैन भन्ने सुन्दा म आफूलाई हेर्छु, हामी नपढ्नेलाई पनि पढ्न हौसला दिन्छौ।' 

सिद्धार्थ ग्रुपले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई शत प्रतिशत रोजगारीको ग्यारेन्टी दिने उनले ठोकुवा गरे । 'हामी शत प्रतिशत रोजगारीको ग्यारेन्टी दिन्छौ, यति मात्र होइन, सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीमा शेयर सदस्य पनि हुने अवसरको पनि सुनिश्चित गर्छौ,' सफल व्यवसायी न्यौपानेले भने 'सबै भन्दा गाह्रो कुरा हस्पिटालिटीको छ, हामीलाई अहिले पनि दक्ष जनशक्तिको खाँचो छ, कोही आउन चाहनु हुन्छ भने हामी अवसर दिन्छौँ।' 

उनले स्नातक तह पढ्नकै लागि विदेश जान आवश्यक नरहेको बताए। ' मैले एक जना भाइसँग सुरु गरेको व्यवसायमा अहिले झन्डै २५ सय जना जोडिएका छन,' न्यौपानेले भने ।

प्रकाशित: १२ फाल्गुन २०८१ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App