सेयर बजार परिसूचक नेप्सेमा लगातार दोस्रो दिन गिरावट आएको छ। मंगलबार दोहोरो अंकले घटेको नेप्से बुधबार ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा कायम भएको छ।
समग्र बजारमा गिरावट आएपनि कारोबार रकम भने करिब ४ करोडले बढेको छ। बुधबार ३०९ कम्पनीका ९० हजार ७५२ पटकको कारोबारमा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। मंगलबार ८ अर्ब ९१ करोडको कारोबार भएको थियो।
बुधबार ११३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो। ७ कम्पनीको मूल्य भने स्थिर रह्यो।
फाइनान्स सेक्टरमा ५.६७ प्रतिशतको वृद्धि देखियो। हाइड्रोपावर सेक्टर ०.०४, निर्जीवन बीमा ०.१९ र अन्य सेक्टर ०.२८ प्रतिशतले बढ्यो। बैंकिङ ०.२६, विकास बैंक ०.९१, होटल तथा पर्यटन ०.४८, लगानी ०.२४, जीवन बीमा ०.३१, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.२६ र व्यापारमा भने १.४२ प्रतिशतको गिरावट आएको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पावर पार्टनर, सप्तकोशी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र हिमालय ऊर्जा विकास कम्पनी अगाडी रहेका थिए।
प्रकाशित: २३ माघ २०८१ १५:३६ बुधबार