स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला एक लाख ६२ हजार ८०० पुगेको छ। यो बिहीबारको भन्दा तोलामा २३ सयले बढी हो । बिहीबार सुन एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै शुक्रबार चाँदी पनि ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ९१५ मा कारोबार भइरहेको छ। हिजो चाँदी एक हजार ८८५ मा किनबेच भएको थियो।
प्रकाशित: १८ माघ २०८१ १०:४२ शुक्रबार