२४ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनका लागि अर्घाखाँची महोत्सव हुने

अर्घाखाँचीमा पर्यटन प्रवर्द्धनका लागि महोत्सव हुने भएको छ । अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सन्धिखर्कको कुँडुले फाँटमा यही पुष २९ गतेदेखि माघ १२ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले जानकारी दिए ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्‍याउने उद्धेश्यसहित महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा अर्घाखाँचीका धार्मिक तथा पर्यटकीयस्थलको पहिचानसहितको डिजिटल बोर्ड राखिने भएको छ । त्यसबाहेक कृषि र स्थानीय उत्पादन तथा साना उद्योगबाट उत्पादन भएका आयआर्जन हुने वस्तुको लागि निःशुल्क स्टलको व्यवस्था मिलाइएको अध्यक्ष मिश्रले जानकारी दिए ।

स्थानीय व्यापारीहरुलाई ५० प्रतिशत छुटमा स्टलको व्यवस्था गरिएको, स्थानीय कलाकारलाई महत्त्व दिईने तथा स्थानीय प्रतिभा पहिचानका लागी डान्स आईडल र टिकटक प्रतियोगिता सञ्चालन गरिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।  

यसबाट आर्थिक गतिविधि हुने तथा स्थानीयले आफ्ना उत्पादन विक्रिवितरण गर्न सक्ने मेलाको मुख्य उद्धेश्य रहेको छ । 

प्रकाशित: २३ पुस २०८१ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App