२५ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

इन्डो नेपाल भलिबल : उपाधिका लागि पुलिस र आर्मी भिड्ने

.

मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधिका लागि दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका हुन् ।

बुधवार भएको दोस्रो सेमिफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सेटमा हरायो ।  

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई २५–२७, २५–१४, २५–२१ र २७–२५ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

तेश्रो स्थानका लागि गुजरात स्टेट भलिबल क्लब र मणिमुकुन्द क्लबले बिहिबारै खेल्नेछन । बिहिबार बिहान १० बजे तेश्रो स्थानका लागि र दिँउसो १ बजे उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आर्चायले जानकारी दिए । 

प्रतियोगिताको विजेताले ७ लाख, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ ।

प्रकाशित: २४ पुस २०८१ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App