२३ श्रावण २०७७ शुक्रबार
अर्थ

कुन मेनपावर कस्तो ?अब वेबसाइटबाटै थाहा हुने

काठमाडौं– वैदेशिक रोजगारीमा जाने सोच बनाएर मेनपावरको खोजी गर्दै हुनुहुन्छ ? यदि गतिलो मेनपावर फेला नपारेर अन्योलमा हुनुहुन्छ भने खुसीको खबर छ। तपाईं मेनपावरको कार्यालयमा नगई वेबसाइटबाटै कुन मेनपावर कस्तो भन्ने जानकारी दिने वेबसाइट तयार पारिएको छ।

वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावरको स्तर कस्तो छ भन्ने जानकारी दिलाउन अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले वेबसाइट सुरु गरेको हो । आइटियुसीले सुरु गरेको उक्त वेबसाइटको नाम रिक्रुमेन्टएडभाइजर डट ओआरजी हो । यो वेबसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ सुरु गरिएको छ।

उक्त वेबसाइटमा हरेक मुलुकका लागि फरक भाषाका पेज राखिएका छन् । यो वेबसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आइटियुसीसँग सहकार्य गरेको हो।

प्रकाशित: ३० चैत्र २०७४ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App