आन्तरिक हवाई भाडा बढेको छ ।
नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भाडा बढाउने निर्णय गरेको हो । वृद्धि भएको भाडा बुधबारदेखि लागु हुने क्यानले जनाएको छ ।
क्यानका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । काठमाडौै-धनगढी ९० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ६० रुपैयाँ र काठमाडौं–सुर्खेत ६५ रुपैयाँँले भाडा वृद्धि भएको छ।
यस्तै काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं-भैरहवा ४०, काठमाडौं–पोखरा ३० र काठमाडौं–सिमरा १५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।
प्रकाशित: १८ मंसिर २०८१ १७:५८ मंगलबार