नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक फेरी मिस म्यानेजमेन्ट नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन्।
शुक्रबार काठमाडौंमा भएको नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले बैंकको बोर्ड र प्रमुख कार्यकारी अधिकृतलाई यस्तो निर्देशन दिएका हुन।उनले कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिहरूले उठाएका विषयहरू गम्भीर रहेको भन्दै गभर्नर अधिकारीले यस्तो निर्देशन दिए।
उनले नेपाल बैंक राज्यको ठुलो लगानीको साथै विदेशी ऋणमार्फत रिकर्भर गरिएको स्मरण गर्दै आगामी दिनमा फेरि मिस म्यानेजमेन्ट भएको विषय सुन्नु नपर्ने गरी काम गर्न आग्रह गरे । उनले नेपाल बैंकलाई राज्य ठुलो मेहनत गरेर रिकभर पछि बनेका बैंकिङ नीति र गाइडलाइन कार्यान्वयन गर्न नयाँ जनशक्ति बैकभित्र आएपछि नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रुप दिएको बताए ।
उनले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जान रोक्न नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन आग्रह गरे।
प्रकाशित: ३० कार्तिक २०८१ १७:५९ शुक्रबार