१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिप्रदी ट्रेडिङ्द्वारा १० वटा बस हस्तान्तरण, लुम्बिनी-दिल्ली रुटमा चल्ने

नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि.ले अत्याधुनिक र सुविधासम्पन्न दशवटा बस हस्तान्तरण गरेको छ।  

रुपन्देहीको पत्थर डाँडामा मंगलबार एक कार्यक्रम गरी सिप्रदीले टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाव बस त्रिशक्ति पशुपति दर्शन यातायात प्रा।लि लाई हस्तान्तरण गरेको हो। त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि.पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. र भेरी यातायात प्रा।लि जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा छ।  

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्ली सम्मकोअन्तरदेशीय यात्राको लागि संचालनमा आउने छ।  

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जानकारी दिए ।  

टाटा एलपीओ १६२२/६२ बीएस६ माग्नाा बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ। बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्चगुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने दाबी कम्पनीको छ।

'अत्याधुनिक माग्नार गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ' सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए।  

प्रकाशित: २० कार्तिक २०८१ १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App