११ कार्तिक २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य एकैपटक १४ सयले बढ्यो

सुनको मूल्य आज एकैपटक १४ सयले बढेको छ। योसँगै आजको सुनको मूल्उ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो सुनको हालसम्मकै उच्च मूल्य हो। यसअघि शुक्रवार सुनको मूल्य तोलाको १ लाख ६६ हजार रुपैयाँ थियो।  

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ।

शुक्रवार २ हजार ७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २१३५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो।

प्रकाशित: ११ कार्तिक २०८१ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App