१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से घट्दा कारोबार भने बढ्यो

बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ भने कारोबार रकम भने बढेको छ। बुधबार ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार वाणिज्य बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेपनि त्यसले शेयर बजारमा प्रभाव पार्न सकेन।बैंकहरुको सकारात्मक वित्तीय विवरणका बाबजुद शेयर बजारमा भने गिरावट देखियो।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स र व्यापार बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ जसमा बैंकिंग उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ।

बुधबार आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने कुमारी बैंकको २६ करोड ९७ लाख र साहस उर्जाको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ १५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App