१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुक्खा बन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व संकलन

फाइल फोटो

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१.२५ प्रतिशत राजस्व संकलन गरेको हो।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलन  २५ करोड ८४ लाख ११ हजार रुपैयाँले कमी भएको बताए।

‘गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारी साधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ’, उनले भने, ‘चालु आवको दसैंमा पनि अपेक्षाकृत आयात बढ्न सकेन। जसले गर्दा राजस्वको लक्ष्य भेट्न सकेन।’

कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९.२८ प्रतिशत अर्थात रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व संकलन ग¥यो। त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८.५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व संकलन गर्‍यो।

त्यस्तै चालु आवको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९०.३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन गर्‍यो।  सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

–रासस

प्रकाशित: ३ कार्तिक २०८१ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App