२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

युनिलिभरद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ। 

आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत युनिलिभरले विहीबार एन्फा कार्यालयमा राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको हो।

 राष्ट्रिय फुटबल टोलीलाई सफलताको शुभकामना दिँदै डोभले आगामी दिनमा समेत सहयोग निरन्तर जारी राख्ने बताएको छ। आफ्नो ब्रान्डको हेरचाह, सशक्तिकरण र आत्मविश्वासको प्रतिबद्धतालाई सुदृढ गर्दै, भविष्यको लागि एक दिगो प्रभाव छोड्नेमा डोभको विश्वास छ।  

राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्म–आश्वासनलाई बढावा दिने डोभको भनाइ छ।  

प्रकाशित: १ कार्तिक २०८१ १८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App