१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेसँगै कारोबार पनि घट्यो

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएसँगै काराबोर पनि घटेको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से मंगलबार घटेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक २७.३९ अंक घटेर २६६३.३२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।

अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३०० स्टकको ४५ हजार ८७० पटकको कारोबारमा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९४ रुपैयाँ ३० पैसा बढेर १ हजार ३७ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, १३ उपसमूहमध्ये मंगलबार १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। 

प्रकाशित: २२ आश्विन २०८१ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App