१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ६३ हजार ३ सय पुग्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यसअघि गत असोज ११ गते हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३ सय पुगेको छ। यो मूल्य असोज ११ भन्दा एक सयले बढी हो। असोज ११ मा सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीवार छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। बिहीवारको तुलनामा भने आज सुनको भाउ प्रतितोला चार सय रूपैयाँले बढेको छ।

यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित: १८ आश्विन २०८१ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App