१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

दुई कारोबार गिरावटपछि नेप्से बढ्यो

अघिल्लो साताको अन्तिम तथा यो साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक घटेकोमा आज सोमबार बढेर बन्द भएको छ ।  

सोमबार नेप्से परिसूचक ४४.४५ अंक बढेर २५०८.८६ विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्से बढेपनि सोमबार  कारोबार रकम भने घटेको छ।  अघिल्लो कारोबार दिन अर्थात आइतबार ३ अर्ब ९५ करो भन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा सोमबार  ३१९ स्टकको ५० हजार ६८० पटकको कारोबारमा ३ अर्ब ६५ करोड ७ लाख भन्दा बढी रुपैयाँ बराबरको ९७ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, सोमबार  सेन्सेटिभ इण्डेक्स ६.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक बढेको छ। १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।

प्रकाशित: १४ आश्विन २०८१ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App