१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

बाढीपहिरोले काठमाडौंमा फलफूल तथा तरकारी आयतमा कमी

तीन दिनेदेखि परेको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले काठमाडौंमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काठमाडौंमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्रिएको थियो । आइतबार अझै घटेर ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । सामान्य अवस्थामा काठमाडौं छ सयदेखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको छ ।  

पूर्वी एवं मध्य नेपालमा पछिल्लो तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएकाले कम फलफूल तथा तरकारी भित्रिएको हो । थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको मूल्य सतप्रतिशत बढेको सूचना अधिकारी श्रेष्ठले बताए ।  

काठमाडौं उपत्यकामा छिमेकी जिल्लाहरु धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकका साथै मधेश प्रदेशका केही जिल्ला तथा भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको समितिले जनाएको छ ।

प्रकाशित: १३ आश्विन २०८१ १७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App