१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

एलजीको नयाँ वर्ष योजना सार्वजनिक

काठमाडौं– एलजी ब्रान्डले ‘नयाँवर्ष २०७५ को अवसरमा एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ नाराकासाथ आफ्नो योजना बजारमा ल्याएको छ।

एलजीका हरेक सामाग्री खरिदमा निःशुल्क उपहारका साथै ग्राहककोे जीवनमा नयाँ उत्साह थप्ने योजना ल्याएको कम्पनीले जनाएको छ ।एलजिले पिएलजी होम इन्टरटेनमेन्ट अफर अन्तर्गत चार वर्ष वारेन्टी र ३० प्रतिशतसम्म छुट योजना ल्याएको छ । कम्पनीको अनुसार ५५ इन्च वा सोभन्दा माथिको ओल्ड तथा सुपर युएचडी टिभी खरिदमा एसएच फोर साउन्ड बार प्रदान गरिनेछ।

५५ र ४९ युएचडी टिभीमा एलएच ६४ होम अडियो प्रदान गरिनेछ । नर्मल र स्मार्ट टिभीमा चार वर्षको वारेन्टी दिइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।एलजी होम अप्लायन्स अफरअन्तर्गत साइड वाइ साइड रेफ्रिजेरेटरमा एलजी भ्याकुम क्लिनर, डबल डोर रेफ्रिजेरेटरको खरिदमा पिजा एन्ड अम्लेट मेकर, सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा ड्राई आइरन जस्ता योजना राखेको छ । उक्त योजना सोमबारदेखि सीमितअवधिसञ्चालन हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०७४ ००:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App