३० भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्छ: सचिव विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत आयोजनामा जानुपर्ने बताएका छन्।

आइतबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्व उर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो कुरा बताएका हुन । उनले सुख्खा याम र वर्षा यामको विद्युत् असन्तुलनलाई ब्यालेन्स गर्न जानुपर्ने बाध्यता रहेको बताए । उनले सौर्य ऊर्जामा उपलब्धि नदेखिएको उल्लेख गरे । उनले प्रसारण लाइनमा निजी क्षेत्रलाई ल्याउने सन्दर्भमा पनि विद्युत् विधेयकमा प्रस्तावित गरिएको बताए ।

सचिव विष्टले खेर जाने बिजुलीका लागि बढी खपत हुने बजार खोज्नुपर्ने बाध्यता रहेको बताए। उनले आन्तरिक खपत बढाउने र खपत भएर बाँकी रहेको बिजुली मात्रै बेच्नेमा सबै राजनीतिक दलहरू सहमत हुनुपर्ने बताए । 

प्रकाशित: ११ भाद्र २०८१ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App