९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेल प्रयोकर्ताले देशभित्र र बाहिर रोमिङका बेला एसएमएस अलर्ट र ओटीपी पाउने

एनसेलका सबै मोबाइल नम्बर÷ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त गर्न पाउने भएका छन् । 

यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरुले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आमनेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायहरुलाई ठूलो महत्व राख्ने विश्वास लिइएको छ ।  

विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकहरूले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेजहरु जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्ने एनसेलले जनाएको छ । यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरु सरकारी निकायहरु, अर्ध–सरकारी निकायहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थाहरु र गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउने छन् ।

'हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,' एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, 'सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । हामी पुनः स्पष्ट पार्न चाहन्छौं की ती समस्याहरु विभिन्न प्रमुख सेवा प्रदायकहरूको दु्रत समझदारीका साथ समाधान गरिसकिएका छन् । उदाहरणका लागि एनसेलका ग्राहकहरुले आन्तरिक राजश्व कार्यलय, नेपाल विद्युत प्राधिकरण, बैंक तथा वित्तिय संस्थाहरु र विभिन्न सामाजिक सञ्जालहरुबाट ओटीपी प्राप्त गर्दै आएका छन् ।'

एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरु यस्ता जानकारी तथा सूचनाहरु प्राप्त गर्न योग्य रहेको बताएको छ । साथै एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

प्रकाशित: ३० श्रावण २०८१ १८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App