२ माघ २०८१ बुधबार
image/svg+xml
अर्थ

उदयपुरमा घरेलु उद्योग बढ्दै

उदयपुर घरेलु तथा साना उद्योग दर्ता र सञ्चालन हुने क्रम बढ्दै गएपछि रोजगारीमा पनि वृद्धि  भएको छ। वर्षेनी जसो उद्योग तथा वाणिज्यतर्फ उद्यम बढ्दै जाँदा रोजगारी पनि बढ्ने गएको हो। घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २४७ वटा उद्योग थपिदा वाणिज्यतर्फका उद्यम १ सय ३३ वटा दर्ता भएका छन्।

उद्योगको संख्या जिल्लामा अघिल्लो आर्थिक वर्ष ५ हजार २ सय १३ थियो भने वाणिज्यको संख्या ४ हजार १ सय २९ पुगेको कार्यालय प्रमुख नरेन्द्र पराजुलीले बताए। उनका अनुसार २०८०/८१ मा २ सय ४७ थपिएसँगै जिल्लामा उद्योगको दर्ता संख्या ५ हजार ४ सय ६० पुगेको छ। त्यस्तै अघिल्लो वर्ष २०७९/८० मा ४ हजार १ सय २९ रहेको वाणिज्यतर्फका व्यवसाय फर्मको संख्या पछिल्लो वर्ष १ सय ३३ वटा थपिएर २०८०/८१ मा ४ हजार २ सय ६२ पुगेको हो।

उद्यमी व्यवसायीको आकर्षण थपएिसँगै कार्यालयले राजश्व संकलनमा पनि बृद्धि गर्दै आएको छ। २०८०/८१ मा ५८ लाख ७३ हजार ७ सय ७५ रुपैँया जम्मा भएको छ। जसमा उद्योगतर्फको राजश्व २९ लाख ६६ हजार ६ सय ७५ संकलन भएको छ भने बाणिज्यतर्फ २९ लाख ७ हजार १ सय जम्मा भएको कार्यालय प्रमुख पराजुलीले जानकारी लिए। आर्थिक वर्ष ०७९/८० मा दुवैतर्फको राजश्व ३९ लाख ७५ हजार ९ सय ७३ रुपैँया संकलन भएको थियो।

यस्तै, कार्यालयका अनुसार आव ०८०/८१ मा २ सय ६० नयाँ उद्यमी थपिएका छन्। जसमा महिला १ सय २० र पुरुष १ सय ५० जना छन्। अघिल्लो आर्थिकवर्ष नयाँ उद्यमी थपिदा महिला १ सय ३८ र पुरुष १ सय ८२ गरी ३ सय २० जना थिए।

उद्यम व्यवसायिक फर्म दर्ता बढेपछि स्वरोजगार हुने क्रम पनि बढेको छ। घरेलु उद्योग दर्ता गरेर रोजगारी दिने तथा आफै स्वरोजगार हुने क्रम बढिरहेको कार्यालयले जनाएको छ। आर्थिक वर्ष ०८०/८१ मा जिल्लाका विभिन्न स्थानीय तहका गरी १ हजार २ सय ४० जना रोजगार भएका छन्। कार्यालय प्रमुख पराजुलीका अनुसार रोजगारी पाउनेहरुमा महिला ४ सय ८० र पुरुष ७ सय ६० जना छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा १ सय १४ ले बढी हो। गतवर्ष १ हजार २६ जनाले रोजगारी पाएका थिए।

कार्यालयले उद्यम व्यवसाय गर्न चाहनेहरुलाई आवश्यक सिपमुलक तालिम दिएर दक्ष जनशक्ति उत्पादनमा पनि जोड दिँदै आएको कार्यालय प्रमुख पराजुलीले बताए। जसअनुसार आव २०८०/८१ मा ४ सय २८ जनालाई सिपमुलक तालिम दिइएको छ। आवश्यक सिपमुलक तालिम दिलाएर दक्ष बनाउन सके गाउँघरमै बसेर उद्यम व्यवसाय गरी आयआर्जन  गरी आत्मनिर्भर बन्न सकिने लक्ष्य कार्यालयको छ।

‘आवश्यक सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्न सके युवाहरुलाई स्वदेशमै कुनै न कुनै पेशा व्यवसायमा आबद्ध गराउन सकिन्छ भन्ने हाम्रो बुझाई छ’, कार्यालय प्रमुख पराजुलीले भने ‘तालिम गरेर पेशा व्यवसायमा लागे युवाशक्तिलाई विदेश पलायन हुनबाट बँचाउन सकिन्छ भन्ने अवधारणा अनुसार विभिन्न किसिमका तालिम कार्यालयले दिँदै आएको छ।’ तालिम लिएर दक्ष भएपछि गाउँघरमै आयआर्जनमा लागे विदेश जानबाट रोक्न सकिने कुराप्रति कार्यालय प्रतिबद्ध रहेको उनले बताए। 

प्रकाशित: २४ श्रावण २०८१ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App