७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सौर्यका पाइलट डिस्चार्ज हुँदै, प्राधिकरणले लगायो बोल्न रोक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन्।

उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि बिहीबार  डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ।

बिहीबार पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा। मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको बताइन्।

यसैबिच शाक्यले आज अस्पतालमै गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको बताइएको छ। उनलाई नागरिक उड्डयन प्राधिकरणले बोल्न रोक लगाएको कारण पत्रकार सम्मेलन रोकिएको बताइएको छ।

साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो।

प्रकाशित: १७ श्रावण २०८१ १५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App