२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पाँच तारे हिल्टन होटल सञ्चालनमा

करिब सात अर्ब रूपैयाँ लगानीमा निर्माण गरिएको पाँच तारे होटल हिल्टन सञ्चालनमा आएको छ। होटलको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरे। यो होटलमा शंकर ग्रुपको लगानी रहेको छ। होटलमा एक सय ७४ कोठा रहेका छन्।

जगदम्बा हस्पिटालिटी ग्रुपले निर्माण गरेको यो होटल सन् २०१२ मा दर्ता भएको थियो र सन् २०२३ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको थियो। हिल्टन वल्र्डवाइड म्यानेज लिमिटेड बेलायत हिल्टन वल्र्डवाइड होल्डिङ इंकको स्वामित्व भएको कम्पनी हो।

हिल्टन होटलमा हेल्थ क्लब, स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टर, नाइट क्लब लगायतका सुविधा रहेका छन्। विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष रहेका छन्। होटल १८ तल्ले रहेको छ।

प्रकाशित: १३ श्रावण २०८१ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App