२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटन बोर्ड (एसटीएलआरपी) लाई तेस्रो पटक (पाटा) गोल्ड अवार्ड प्राप्त

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ।

पाटा हेडक्वाटरका अनुसार परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड प्राप्त गरेको हो। 

परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर÷गाउँ पालिकाहरूसँगको सह लगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो।

यस अघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले ९पाटा० गोल्ड अवार्ड प्राप्त गरेको थियो। एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि २०२३ मा पाटा गोल्ड अवार्ड र २०२२ मा टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो।

परियोजनाले निरन्तर पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामले पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको र त्यसको  मूल्याङ्कन स्वरूप अवार्ड प्राप्त भएको र यसले थप कार्य गर्न प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले जानकारी दिए।

परियोजनाले कोभिड–१९ पछि करिब १० हजार पर्यटन मजदुरहरूलाई अल्पकालीन रोजगारी सिर्जना तथा चार हजार जनालाई क्षमता अभिवृद्धिको तालिम प्रदान सहित सातै प्रदेशका विभिन्न पालिकामा पर्यटकीय गन्तव्य निर्माण गरिएकोले  बोर्डका प्रबन्धक तथा राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठले जानकारी दिइन्।

यो अवधिमा परियोजनाले महिलाहरूका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि टे«किङ्ग गाइड, तथा सातै प्रदेशका १५० पालिकाहरूका लागि पर्यटन रणनीति निर्माण , १३० वटा विद्यालयहरूमा राष्ट्रिय दिगो  पर्यटन क्लब गठन गरी पर्यटन जनचेतना अभिवृद्धिको कार्यक्रम तथा पर्यटनसँग सम्बन्धित विभिन्न निजी सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा विभिन्न विधाका पर्यटन गाइड म्यानुयलहरु निर्माण गरिएको परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले जानकारी दिए।

प्रकाशित: ८ श्रावण २०८१ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App