५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सरकारले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूका माग तत्काल सम्बोधन गर्नुपर्छ: सांसद चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले  क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्न माग गरेका छन्।

बुधवार प्रतिनिधि सभाको  बैठकमा आकस्मिक समयमा बोल्दै चौधरीले यस्तो बताएका हुन । उनले नेपाल क्रसर तथा खानी उद्योग महासंघले कानुनी रुपमा दर्ता भएका २०७७ को मापदण्डको कारण नवीकरण नभएका उद्योगीहरू नवीकरणको माग लिएर आन्दोलन गरिरहेको बताए।

उनले सरकारले आन्दोलनरत उद्योगीहरूको माग तत्काल सम्बोधन गरी उद्योग नवीकरण गर्न माग गरे। उनले क्रसर उद्योगीहरूको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) पार्टी ऐक्यबद्धता रहेको समेत बताए। उनले सरकारले क्रसर उद्योगीहरूको माग सम्बोधन गरी सरकारले लिनु पर्ने कर,दस्तुर र शुल्क लिएर अनुमति दिने निकायले नवीकरण गरी सञ्चालनको लागि २०८० माघ ११ गतेको मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरे।

उनले गृह मन्त्रालयको रेकर्ड अनुसार वैध तथा अवैध गरी १ हजार २८१ वटा क्रसर उद्योगहरू सञ्चालनमा रहेको र  ७ सय क्रसर उद्योगहरू साना तथा घरेलु उद्योगमा दर्ता रहेको बताए।

सांसद चौधरीले क्रसर उद्योगमा ५० हजार श्रमिकहरूले रोजगारी पाएको भन्दै सरकारले उद्योग नवीकरण नगर्दा ५० हजार श्रमिकको रोजगार समेत गुम्ने खतरा बढेको बताए। उनले क्रसर एउटा उद्योगमा ७ करोड बराबरको लगानी गरी मुलुकभर क्रसर उद्योगमा ८९ अर्ब ८१ करोड लगानी भएका उद्योगहरू अहिले बन्द अवस्थामा रहेको बताए ।

उनले लगानीकर्ताको घर खेत लिलामी हुने अवस्थामा पुगेको भन्दै सेटिङ गर्न जान्नेहरूको अवैध उद्योग पनि सञ्चालनमा रहेको बताए।उनले क्रसर उद्योग नवीकरण नहुनुमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको सोझो रुपमा देख्न सकिने बताए।उनले सरकारले आवश्यक नीति बनाएर क्रसर उद्योगीहरूको माग सम्बोधन गर्न आवश्यक रहेको बताए । 

प्रकाशित: ५ असार २०८१ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App