१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योगलाई बद्नाम गराउन केही व्यक्ति लागेका छन्, सचेत रहनुहोला: यशोधा फुड्स प्रा.लि.

यशोधा फुड्स प्रा.लि.ले केही व्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी उद्योगको बदनाम गराउन लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  

उद्योगले विज्ञप्ति निकालेर बदनाम गराउन प्रायोजित रुपमा हुँदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण प्रकाशन गर्नेहरु प्रति सजग रहेको बताएको हो। हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पीत समाचार बनाएको उसको भनाइ छ। 

विज्ञप्तिमा भनिएको छ, 'यस्ता मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुराहरुको पछाडि नलागि यस उद्योगकाउत्पादनहरुको उत्पादनमिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमाम्याद समाप्तभएकाअर्थात उपभोग मिति समाप्तभएकाउत्पादनप्रयोग नगर्न समेत सादर अपिल गर्दछौ।'

यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाएको बताएको छ। उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडी बढ्न चाहेको र कुनै कपोलकल्पीत फण्डा तयार गरी आम उपभोक्ताको भावनामामाथि खेलवाड नगरेको बताउँदै उसले त्यस्ता तत्वहरु प्रति सचेत रहेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, 'देशमा बेरोजगारी बढिरहेको अवस्थामा हजारौं नेपाली दाजुभाई दिदीबहिनीलाई रोजगारी, करोडौं विदेशी मुद्रा आर्जन गर्ने, सरकारलाई राजश्वमा करोडौंको योगदान गर्ने र नेपाली कृषिउपजको सदुपयोग गरी उत्पादन तयार गर्ने, समय–समयमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई स्थलगत अवलोकन गराई उत्पादनको बारेमा जानकारी गराउने गरेको यस उद्योगलाई निहित स्वार्थ पुरा गर्न अनावश्यक दुख दिने नियतले केही तत्वहरुले स्वार्थी तत्वहरुलाई प्रयोग गरी कपोलकल्पीत समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेहरु विरुद्ध प्रचलित साइबर कानुनलगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहलकदमी लिइ सकेको व्यहोरासमेत सम्पूर्ण उपभोक्तामहानुभावहरुमा सादर अवगत गराउँदछौ।'

उसले आफ्नो उत्पादनमा नेपालमै उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषिउपज प्रयोग गरी स्वादिलो चाउचाउलगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको छ। यशोदा फुड्स प्रा. लि. का उत्पादनहरु स्वदेश तथा भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायत देशमा निर्यात हुँदै आएको छ।  

प्रकाशित: ३ असार २०८१ १९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App