१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र ग्यास्ट्रो सेन्टरबीच सम्झौता

सिटिजन्स बैंक र बुटवलको ग्यास्ट्रो सेन्टर बुटवलबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौता बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा भएको हो।

सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरूमा २० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रकाशित: २४ जेष्ठ २०८१ ०६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App