२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
अर्थ

सामसङले ल्यायो ग्यालेक्सी एम फिफ्टिन फाइभजी

सामसङ नेपालले धेरै सेग्मेन्टकै अग्रणी सुविधासहित ग्यालेक्सी एम फिफ्टिन फाइभजी बजारमा ल्याएको छ ।  

अत्यधिक लोकप्रिय ग्यालेक्सी एम सिरिज अन्तर्गत बजारमा ल्याएको ग्यालेक्सी एम फिफ्टिन मा सुपर सुपर एमोलेड प्लस डिस्प्ले, ६००० एमएच  ब्याट्री र शक्तिशाली मिडियाटेक प्रोसेसर रहेको छ ।  

ब्लू टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगमा उपलब्ध हुने यो मोबाइलमा प्रयोग भएको शक्तिशाली ब्याट्री २ दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।  उपभोक्ताहरूलाई सामसङले २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउँदै आएको छ ।  

ग्यालेक्सी एम फिफ्टिन फाइभजीमा ६.५ इन्चको सुपर एमोलेड प्लस डिस्प्लेले सामाजिक सञ्जाल फिडहरु मार्फत् बाहिरी सेटिङमा स्क्रोलिङ गर्छ ।  सफा र स्पष्ट तस्बिरका लागि यो डिभाइसमा ५० एमपी ट्रिपल क्यामेरा र १३ एमपी फ्रन्ट क्यामेरा छ ।  

यसका साथै यसमा क्वीक शेयर सुविधाले प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइल, फोटो र कागजातहरू ल्यापटप, ट्याबलगायतका कुनै पनि अन्य उपकरणसँग तत्काल सेयर गर्न सक्ने कम्पनीको भनाइ छ ।  

देशभरका २ हजारभन्दा बढी अधिकृत बिक्रेतामार्फत उपलब्ध हुने सामसङले नेपालमा यसको मूल्य २५हजार ९९९ तोकेको छ । 

प्रकाशित: ७ जेष्ठ २०८१ १८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App