४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इयु र परिसंघबीच व्यापार र आर्थिक सहयोगबारे छलफल

नेपाल उद्योग परिसंघ र युरोपियन युनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ।

परिसंघले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि इयुका राजदूत भेरोनिक लोरेन्जोलगायत युरोपियन युनियनका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षीयहितका विषयमा छलफल गरेको हो।

छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपियन युनियनबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विषयमा चर्चा गर्नु हुँदै नेपालको आर्थिक विकासका लागि इयुले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराए ।

उनले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुनः सञ्चालन गराउन आवश्यक सहयोग गर्न आग्रह गरे। सुरक्षा सूचीबाट हटाइ नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न उनले आग्रह गरे।

नेपालका लागि इयुका राजदूत भेरोनिक लोरेन्जोले युरोपियन युनियन नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । 

साथै यो छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उनले बताए ।

छलफल मुख्यतः व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादनलाई इयु बजारमा निर्यात क्षमता वृद्धि गर्ने, सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरेपछिको अवस्था, नेपालका लागि जिएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न युरोपियन युनियनको सहयोग, नेपालको उत्पादन र आइटी क्षेत्रको सम्भावना लगायतका व्यावसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित थियो।

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष राजबहादुर शाह, परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्मा, परिसंघका महानिर्देशक घनश्याम ओझालगायत सहभागी थिए।

प्रकाशित: ४ जेष्ठ २०८१ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App