७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसेलकी कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड

सरकारले एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर (सिटिओ) लेनाकेशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मान गरेको छ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई सो अवार्डबाट सम्मान गरेको हो।

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र समृद्ध नेपाल निर्माणको अभियानमा पुर्‍याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै एक लाख नगदसहित प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार प्रदान गरेका हुन्।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरेको थियो। यसैक्रममा प्युठानका  डा. शैलेन्द्र गिरी पनि सम्मानित भएका छन्। वान पोइन्ट फाइनान्सियल सर्भिसेजले नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ पुरस्कार जितेको छ।

त्यसैगरी मोनाल टेक ‘नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४’ बाट सम्मानित भएको छ। सामाजिक सुरक्षा कोषले नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको छ भने प्राइभेट सेक्टरमा डेटा हब यो पुरस्कारबाट सम्मानित भएको छ। साथै प्रदेश स्तरबाट निजीक्षेत्रको डाइनामिक टेक्नोसफ्टले पनि सो पुरस्कार पाएको छ।

प्रकाशित: २१ वैशाख २०८१ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App