९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेलको फोरजी सेवामा सुधार

एनसेलले लुम्बिनी र बाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा फोरजी सेवामा सुधार गरेको छ।

यस्तो सुधारले सो क्षेत्रका सात जिल्लाका एक दर्जनभन्दा बढी स्थानका ग्राहकलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको कम्पनीले जनाएको छ।

एनसेलले फोरजी सेवा सुदृढ गरेका स्थानमा बागमती प्रदेशको चौतारा साँगाचोक गढी, इन्द्रसरोवर, मन्थली र थाहा रहेका छन्।

त्यस्तै लुम्बिनी प्रदेशका भुमेकास्थान, चन्द्रकोट, मालारानी, माथागढी, प्युठान, रम्भा, सन्धिखर्क, तानसेन र तिनाउमा सेवा सुधार गरिएको छ। यसअघि एनसेलले लुम्बिनी प्रदेशको बुटवल, देवदह, घोराही, लुम्बिनी विकास क्षेत्र लगायतका स्थानमा फोरजी सेवा सुधार गरेको छ।

प्रकाशित: २३ चैत्र २०८० ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App