२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फाेर्ब्सको सूचीबाट १८९ अर्बपति ‘गायब’

बर्नार्ड आर्नल्ट

फोर्ब्स म्यागेजिनले हरेक वर्ष जारी गर्ने अर्बपतिहरूको सूचीमा नेपालका विनोद चौधरी यस वर्ष पनि परेका छन्। सन् २०१३ यता उनी सूचीमा परिरहेका छन्। उनको सम्पत्ति एक अर्ब डलरबाट बढेर यतिबेला १.७ अर्ब डलर पुगेको छ।

यस एक वर्षको दौरानमा संसारका अति धनीहरूको सम्पत्ति अचाक्ली बढेको द टाइम्स अखबारले लेखेको छ। अचाक्ली धनीहरूले पछिल्लो वर्ष दुई ट्रिलियन (दुई लाख करोड) डलर आफ्नो सम्पत्तिमा जोडेका छन्। पछिल्लो अर्बपतिमा गायिका टेलर स्विफ्टसमेत जोडिएकी छन्।

३४ वर्षीया गायिकाले संसारभर इराज नामक सांगीतिक कार्यक्रमको दौरानमा आफूलाई अर्बपति बनाउन सफल भएकी हुन्। उनको सो सांगीतिक कन्सर्ट आउँदो क्रिसमसमा अन्त्य हुँदा उनले संसारका पाँच महादेश घुम्ने छिन्।

उनीसँगै संसारमा खर्बपतिहरूको संख्या दुई हजार सात सय ८१ जना पुगेका छन्। फोर्ब्सले मंगलबार यो सूची जारी गरेको हो। फोर्ब्सले हरेक वर्ष अर्बपतिहरूको सूची जारी गर्ने गर्छ। फोर्ब्सले जारी गरेको यस पटकको सूचीमा पहिलो पटक आफैं अर्बपति हुने ३० वर्षभन्दा मुनिका कुनै पनि व्यक्ति परेनन्। यसअघि १५ वर्षदेखि ३० वर्षको उमेरभन्दा मुनिका सेल्फमेड अर्बपतिहरूलगातार सूचीमा स्थान जमाउँदै आएका थिए।

यस पटक सूचीको ७५ वर्षे बर्नार्ड आर्नल्ट संसारको पहिलो अर्बपति बनेका छन्। उनको एलभिएमएच नामक धनीमानीका लागि उत्पादन गर्ने कम्पनी छ। उनको अनुमानित सम्पत्ति २३३ बिलियन डलर छ। अघिल्लो वर्षभन्दा उनको सम्पत्तिमा २२ अर्ब डलरले थपिएको छ।

दोस्रो नम्बरमा टेस्ला कमपनीका ५२ वर्षे इलोन मस्क रहेका छन्। उनको सम्पत्ति १९५ अर्ब डलर रहेको छ। यस्तै ६० वर्षे अमाजन कम्पनीका जेफ बेजोस तेस्रो नम्बरमा छन्। उनको सम्पत्ति १९४ अर्ब डलर छ। यसअघि उनको सम्पत्ति ११४ अर्ब डलर आँकिएको थियो।

शीर्ष १० नम्बरमा रहेका सबै अर्बपतिहरूमध्ये आर्नल्ट र मुकेश अम्बानीबाहेक सबै अमेरिकी हुन्। आर्नल्ट फ्रान्सेली हुन् भने अम्बानी भारतीय हुन्। अम्बानीको सम्पत्ति ११६ बिलियन डलर आँकिएको छ।

सबैभन्दा कम उमेरका अर्बपतिका रूपमा ब्राजिलकी लिभिया भोइग रहेकी छन्। जम्मा १९ वर्षकी उनको विद्युतीय सामग्री उत्पादक कम्पनी डब्लुइजीमा सानो सेयर छ। सो कम्पनी उनका स्वर्गीय हजुरबुवाले अर्का एक जना साथीसँग मिलेर स्थापना गरेका थिए।

सूचीमा कम उमेरका सेल्फमेड बिलेनियरहरूमा स्न्यापच्याट बनाउने इभान स्पिजेल पनि रहेका छन्। ३३ वर्षका उनको नेटवर्थ ३.१ बिलियन डलर रहेको छ। त्यस्तै ३१ वर्षका जिमसार्क बनाउने बेन फ्रान्सिस, ओकुलस नामक भर्चुअल रियालिटी (भिआर) कम्पनी ३१ वर्षका पाल्मर लकी १.३ बिलियन डलरका साथ सूचीमा पर्न सफल भएका छन्।

यस वर्ष सूचीमा २६५ जना नयाँ अर्बपतिहरू थपिएका छन्। तीमध्ये ३८ वर्षका ओपन एआई (च्याटजिपिटी)का प्रमुख कार्यकारी साम अल्टम्यान, ६१ वर्षका पूर्व बास्केटबल खेलाडी क्रिस्चियन लोबटिन, टाइगर उड, लेबोर्न जेम्स, माइकल जोर्डनसमेत अर्बपति सूचीमा परेका छन्।

अर्बपतिहरू थपिने मात्र होइन, सूचीबाटै हटेका पनि छन्। यस वर्ष १८९ अर्बपति सूचीबाट गायब भएका छन्।

प्रकाशित: २२ चैत्र २०८० ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App