८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक योजना

साओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले रेड्मी बड्स ४ एक्टिभ फ्री मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्ने छन्।

कम्पनीका अनुसार रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जिको खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रूपैयाँमा प्राप्त गर्नेछन्।

रेड्मी वाच ३ एक्टिभको वास्तविक मूल्य पाँच हजार ६९९ रूपैयाँ हो। त्यसैगरी रेड्मी नोट १३ खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन्।

यस योजनाले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने साओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले नयाँ वर्षको अवसर पारेर नयाँ योजनाहरू ल्याउन पाउँदा निकै खुसी भएको उल्लेख गर्दै रेड्मी नोट १३ मार्फत कम्पनी नवीन प्रविधिको पहुँच ग्राहकमा पुर्याउन खोजिरहेका बताए।

प्रकाशित: २१ चैत्र २०८० १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App