१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

ताेलामा एक हजार छ सयले बढ्यो सुन

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकामा सोमबारका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय कायम भएको छ।  

यस्तै,तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ।  

यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले बढेको भएको छ। आइतबार प्रतितोला प्रतितोला एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। 

प्रकाशित: १९ चैत्र २०८० १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App