१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनको मूल्य आज केही घट्यो

स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदी मूल्य केही घटेको छ। सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। मंगलबार बिहानदेखि घटेको मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ थियो।

यसैगरी तेजाबी सुन भने १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ मात्र घटेको छ। यो प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १३ चैत्र २०८० १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App