२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नामीमा दीक्षान्त समारोह

 नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट (नामी) मा दीक्षान्त समारोह सम्पन्न भएको छ। बेलायतको युनिभर्सिटी अफ नर्थ ह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको नामीले स्नातक तहको दीक्षान्त समारोह आयोजना गरेको हो।  

समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्तमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेटिभ (बिबिए), बिएससी इन्भायरोन्मेन्ट साइन्स, बिएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी सहभागी भएका थिए।  

दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि बेलायतका राजदूत रब फेन्न ले स्नातक उपाधि हस्तान्तरण गरेका छन्। नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्टमध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउने जानकारी इन्स्टिच्युटले दिएको छ।

प्रकाशित: २० फाल्गुन २०८० ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App