१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

ज्योति विकास बैंकद्वारा विद्यालयलाई सहयोग

ज्योति विकास बैंकले गोलबजार १० सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ। बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत २५ थान डेस्क बेञ्च विद्यालयलाई प्रदान गरेको जनाएको छ।

बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको बताएको छ। बैंकका गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाले विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई डेस्क बेञ्चहरू हस्तान्तरण गरेका छन्।

गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग अत्यन्त सराहनीय भएको बताए।

प्रकाशित: १६ फाल्गुन २०८० ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App