२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

ज्योति विकास बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड प्रदान

ज्योति विकास बैंकले विद्यालयलाई दुई थान इन्टर्‍याक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विदुर नगरपालिका वडा ५ देवीघाट, नुवाकोटस्थित शहीद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई बोर्ड प्रदान गरेको हो।

बैंकले अन्तरक्रियात्मक सिकाइ विधिहरूमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधिसम्बन्धी सिप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाका लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने हेतुले स्मार्टबोर्डहरू प्रदान गरिएको जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८० १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App