२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वित्तीय संस्थाविरुद्धको समाचारप्रति सिबिफिनको ध्यानाकर्षण

बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध प्रकाशित समाचारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले ध्यानाकर्षण भएको जनाएको छ।

विगत केही दिनदेखि केही व्यक्ति तथा समूहबाट बैंक तथा वित्तीय संस्थाहरूको साख र विश्वसनीयतामा ठेस पुग्ने गरी समाचार सम्प्रेषण गर्ने कार्यप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सिबिफिनले बैंक तथा वित्तीय संस्थाहरूको मुख्य वित्तीय परिसूचकहरू सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना नभएको जानकारी गराएको छ।

समग्रमा सरोकारवालाको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरू पूर्णरूपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको सिबिफिनले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०८० १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App