१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

गल्फ लुब्रिकेन्ट्सको ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट’

गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयलले आफ्ना रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट एवम् छलफल गरेको छ।

६ वर्षदेखि डिलरको रूपमा जनकपुर र जलेश्वर क्षेत्रमा बिक्रीवितरण गर्दै आइरहेका न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकको पहिलो रोजाइमा रहेको बताएका छन्।

कार्यक्रममा नेपाल ल्युब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेशकुमार यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए। उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेन्ट्स र ग्रेडका लुब्रिकेन्ट्स तथा ग्रीजको बारेमा विस्तृत जानकारी गराएका थिए।

यस्तै कार्यक्रममा गल्फ लुब्रिकेन्टका रिटेलर जानकी मोटर स्पेयर र सुजित एन्ड सुमित अटोलाई ‘बेष्ट सेल्स् अवार्ड’ प्रदान गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०८० ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App